मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकताः पोखरेल
पोखरा - नेकपा एमालेका महासचिव शकंर पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गठबन्धनको सरकार लक्ष्य विहीन भएको बताउँदै पोखरेलले यस्तो धारणा राखेका हुन् ।
उनले फरक प्रसंगमा बोल्दै कांग्रेस र एमालेको नीति नै भिन्न रहेकाले सम्भव नरहेको उनको भनाई थियो । नेपाली राननीतिमा सकारात्मक सन्देश दिनका लागि मात्र एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालीन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’
उनले भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया