पाँच दलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश दिएनन् : रायमाझी
काठमाडौं- नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताएका छन् ।
शनिबार नेकपा एमाले अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा रायमाझीले पाँच दल मिल्दा पनि जनताले सरकार बनाउन गठबन्धनलाई बहुमत नदिएको बताएका हुन् । एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उनकाे भनाइ छ ।
अहिलेको अवस्था सरकार गठनका लागि अन्य दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको धारणा पनि रायमाझीले राखे । उनले गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थी बाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार वटा सम्भावना रहेको उल्लेख गरे ।
सरकार गठनका विषयमा ठूला दलहरू बेलैमा गम्भीर नभए देश मध्यावती निर्वाचनमा जाने खतरा रहेको उनको भनाइ छ ।
उनले गठबन्धन सरकारले मुलुकको आर्थिक लगायतका क्षेत्रलाई अस्तव्यस्त पारेकाले अब बस्ने सरकारले मुलुकलाई सही ठाउँमा ल्याउनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया