दल

सांसदहरूको शपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीकाे निर्णय

इकागज |
पुस ३, २०७९ आइतबार १७:४८ बजे

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको शपथग्रहण गरेर मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको शपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताए ।


उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

 


Author

थप समाचार
x