नेपाल, खनाल, ठाकुर र गौतमबीच भेटवार्ता, के भयाे कुरा ?
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्त ठाकुर र वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरूको दौडधूप बढेको हो
मुलुक अहिले अस्थिरतातर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।
त्यस्तै उनले नेकपा समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्म अनुसार अघि बढ्ने निर्णय भएको बताए ।
बैठकले सोमबार पार्टीको संसदीय दलको नेता छनौट गर्न बैठक बोलाएको पनि उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया