रास्वपा संसदीय दलको नेतामा लामिछाने
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको रास्वपा बैठकले लामिछानेलाई सर्वसम्मत् दलको नेताका चयन गरेको सभापति लामिछानेका स्कीय सचिव राजन अर्यालले जानकारी दिए ।
रास्वपा प्रत्यक्षमा ७ तथा समानुपातिकमा १३ गरी २० जना सांसदसहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दैछ । संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न भने बाँकी रहेको उनले बताए । यसको टुंगो पनि आजै लाग्ने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया