दल

अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्छ : जबरा

इकागज |
पुस ४, २०७९ सोमबार १५:३६ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्‍मा आएको बताएका छन् ।​

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्‍मा आएको बताएका हुन् । उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने जिकिर गरे ।


ठूला पार्टीहरूसँग काम गर्ने शक्ति पनि नभएको उनकाे भनाइ छ । उनका अनुसार राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्‍बाट देखाउने छ ।

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए । उनले आफूहरूले भोलिको नेपाल कस्तो हुनसक्छ भन्ने कुरा संसद्‍मा प्रदर्शन गरेर देखाउने दाबी गरे ।


Author

थप समाचार
x