दल

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौं : सिके राउत

इकागज |
पुस ४, २०७९ सोमबार १७:३५ बजे

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरूले उठाएको किसानका मुद्दाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताएका छन् ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरूले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरू सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिबद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने जिकिर गरे ।


राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरूको जिम्मेवारी भएको भनाइ राखे ।

उनले ठोस रूपमा र इमान्दारितापूर्वक प्रतिबद्धता जायर हुनुपर्ने बताए । अध्यक्ष राउतले वर्तमान सत्तारूढ गठबन्धनप्रति आफूहरुूसकारात्मक रहेको उल्लेख गरे ।


Author

थप समाचार
x