दल

वर्तमान राजनीतिमा व्यक्तिवाद हाबी भयाे : अध्यक्ष नेपाल

इकागज |
पुस ४, २०७९ सोमबार १७:४१ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिमा व्यापक रूपमा व्यक्तिवाद हाबी भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले आफूले पाएपछि सबै ठीक नपाए सबै बेठीक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको जिकिर गरे ।


यसको विरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने अध्यक्ष नेपालकाे भनाइ छ । उनले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताए ।​ भ्रष्टीकरणविरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सुदृढीकरण, रूपान्तरणको अभियान चलाउनुपर्ने उल्लेख गरे ।

उनले नेताहरू राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन समेत दिए ।
   
 


Author

थप समाचार
x