कांग्रेस संसदीय दल निर्वाचन:
शेखर र गगनबीच साझा उम्मेदवार बनाउन इतर समूह असफल
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलमा संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन बसेको छलफल विनानिष्कर्ष टुंगिएको छ । आज बसेको इतर समूहको बैठकमा संसदीय दलको नेताका लागि साझा उम्मेदवार बनाउन बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।
इतर समूहबाट संसदीय दलको नेताका लागि डा. शेखर कोइराला र महामन्त्री गगन थापाको दाबी छ । दुवै नेताले आ-आफ्नो दाबी छाडेका छैनन् बैठकमा सहभागी एक नेताले भने ।
सहमति गर्ने भन्दै इतर समूहले बिहान कोइराला र थापाबाहेक अन्य नेताहरूबीच छलफल गरको थियो । छलफलमा धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, बलबहादुर केसी र दिलेन्द्र बडु सहभागी थिए । इतरसमूहले दिउँसो कोइराला र थापासहित राखेर समेत छलफल गरेको थियो ।
उक्त दुवै छलफल साझा उम्मेदवार बनाउन असफल भएको छ । भोलि बिहान पुनः इतरसमूहको बैठक बस्नेछ ।
थापाले कोइरालालाई १५औं महाधिवेशनमा सभापतिमा सघाउने वचन दिँदै अहिलेको संसदीय निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । कोइराला भने संसदीय निर्वाचनमा आफै उम्मेदवार बन्ने सोचमा छन् । त्यसका लागि इतरसमूहका नेताहरूसँग उनले छलफल गरेका छन् ।
संस्थापनपक्षबाट भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताका लागि एकल उम्मेदवार छन् । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया