चीनबाट फर्किए वर्षमान पुन
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्केका छन् ।
स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी स्वदेश फर्किएका हुन् । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।
उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको हो । नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या रहेको र उपचारपछि उक्त समस्याहरू हटेको पुनको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि गत वर्ष पनि रोगले च्यापेपछि पुनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया