आयोगप्रति ओली असन्तुष्ट, भने : बुथ क्याप्चर भएको ठाउँमा पनि नदोहोर्याएर निर्वाचन गर्न सकेन
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाए ।
नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मरेका मान्छेहरूले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकिर गरे ।
ओलीले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरूलाई रोक्नैपर्ने बताए ।
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया