चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरू सुरु भए : महासचिव पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए ।
तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने उनकाे भनाइ छ । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरू भइरहेको उल्लेख गरे ।
महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा सुरु भएका अस्थिरताका खेलहरूले नेकपा एमालेले अघि सारेका मान्यताहरू सही साबित गरिदिएको बताए ।उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रूपमा स्थापित भइरहेको पनि दाबी गरे ।
महासचिव पोखरेलले सबै दलहरू मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया