दल

नवनिर्वाचित सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन : पार्टी संसदीय दलको नीति र निर्णयमा चल्नू

इकागज |
पुस ५, २०७९ मंगलबार १५:२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सच्चा जनप्रतिनिधिका रूपमा संसद्‍ भित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले अघि बढ्न पार्टीका सांसदहरूलाई सचेत समेत गराए ।


मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले देश र जनताको हित बाहेक अरू केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरूले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गरे ।


Author

थप समाचार
x