दल

राजनीति आयुले होइन आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

इकागज |
पुस ५, २०७९ मंगलबार १७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् ।

मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताएका हुन् । कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको उनकाे भनाइ छ ।


देशले खोजेको नेतृत्व काँग्रेसले प्रश्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको महतकाे तर्क छ । उनले अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको उल्लेख गरे ।

नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावकमा भने डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।


Author

थप समाचार
x