दल

काँग्रेस संसदीय दलको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन हुने

इकागज |
पुस ५, २०७९ मंगलबार १७:३४ बजे

काठमाडौँ- नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरूको उम्मेदवारी परेको बताएका छन् ।

काँग्रेस निर्वाचन कार्यालयले दिएको समयभित्र पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएको बताएका हुन् । उनले दाबी विरोधपछि आज ५ः४५ बजे नै अन्तिम नामावली प्रकाशन गर्ने बताए ।


उनले भने, ‘दुई जनाको उम्मेदवारी परेको छ, पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापा हुनुहुन्छ । हामी अन्तिम नामावली ५ः४५ बजे प्रकाशित गर्नेछौँ । भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुन्छ ।’

संसदीय दलको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म हुनेछ । 


Author

थप समाचार
x