गगन थापालाई दोब्बर बढी मतले हराउँदै कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा प्रतिद्वन्द्वी गगनकुमार थापाभन्दा दोब्बर बढी मतले विजयी भएका हुन् ।
देउवाले ६४ मत पाए भने थापाले जम्मा २५ मत पाएका छन् ।
संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया