'नाति जर्नेल'ले बोलाए सर्वदलीय बैठक
फाइल फोटो
काठमाडौँ - संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया