सरकार गठनका बिषयमा कुनै छलफल भएको छैन : माधवकुमार नेपाल
फाइल फोटो
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका बिषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफु पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।
उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिए । त्यस्तै राष्ट्रपतिको उम्मेद्वार बन्ने बिषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका बिषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।
उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षा अनुसार आफु अघि बढ्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया