दल

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग आगामी संसद्‍मा छलफल हुन्छ : महामन्त्री थापा

इकागज |
पुस ७, २०७९ बिहीबार १६:३८ बजे

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसद्‍मा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन् ।​

बिहीबार संघीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले यसअघिको संसद्‍मा आफ्नो पोजिसन सो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने जिकिर गरे ।


थापाले संसद्‍को लाइब्रेरीलाई संसद्को‍ सम्पत्तिका रूपमा अघि बढाउनुपर्ने बताए । उनले संसदको लाइब्रेरीले सांसदको गुणस्तरलाई बढाउने पनि उल्लेख गरे ।

महामन्त्री थापाले पहिलाको संसद्ले विचाराधीन राखेको पूर्व प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोबारे अब फरक मत राख्न नमिल्ने पनि बताए ।


Author

थप समाचार
x