के बाबुरामको पार्टी माओवादीमा विलय भएको हो ?
फाइल तस्बिर
काठमाडौँ- बिहीबार नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्यो । धेरैको अनुमान थियो माओवादीले प्रचण्डलाई नै संसदीय दलको नेतामा चयन गर्छ, नभन्दै भयो त्यही नै ।
प्रचण्ड संसदीय दलको नेता चयन भएपछि सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्यो । सबै माओवादी नेता कार्यकर्ताहरूले प्रचण्डलाई बधाई दिए । प्रचण्डलाई बधाई माओवादी नेता/कार्यकर्ताले मात्रै दिएनन् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि दिए ।
२०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा नेसपाका उम्मेदवारहरूले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर उठे । त्यसपछि राजनीतिक वृतमा हल्ला फैलियो- 'बाबुरामको नेसपा र माओवादी चुनावलगत्तै एकता गर्दैछन् ।' तर चुनाव सकिएको महिना दिन बितिसक्दा पनि माओवादी र नेसपा औपचारिक रुपमा एकतामा बाँधिएका छैनन् ।
एकता नगर्दै बिहीबार भट्टराईले ट्वीट गरे- माओवादी र नेसपाका संयुक्त संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनु भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई । 'एकल चुनावचिन्ह लिएका नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएकोमा क.पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक वधाइ तथा शुभकामना भट्टराईले ट्वीट गरेका छन् ।'
भट्टराईको उक्त ट्वीट पढ्दा लाग्छ माओवादी र नेसपाबीच एकता भइसक्यो अर्थात माओवादीमा नेसपा विलय भइसक्यो ।
एकल चुनावचिन्ह लिएका नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनुभएकोमा क.पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक वधाइ तथा शुभकामना ! pic.twitter.com/uN0SSxxrUU
— Baburam Bhattarai (@brb1954) December 22, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया