दल

कांग्रेस सांसदलाई बालुवाटार बोलाउँदै खाली कागजमा हस्ताक्षर गराउँदै देउवा

इकागज |
पुस ९, २०७९ शनिबार १२:१६ बजे

फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका छन् । शुक्रबारदेखि कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् । खाली कागजमा हस्ताक्षर गराउने क्रम आज पनि जारी छ ।

आज दिउँसो साढे १२ बजेदेखि छलफल गर्न भन्दै देउवाले कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । सोही क्रममा हस्ताक्षर गराउने बालुवाटारको तयारी छ ।


'हिजो दुई जना सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्' कांग्रेसबाट निर्वाचित एक सांसदले इकागजसँग भने 'आज पनि हस्ताक्षर गर्ने तयारी छ ।'

र, यो पनि


Author

थप समाचार
x