दल

नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक जारी

इकागज |
पुस ९, २०७९ शनिबार १८:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति रहेकाे छ ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको र हालसम्म कुनै निर्णय भइनसकेकाे माओवादी केन्द्रका महासचिव देव गुरुङले इकागजलाई जानकारी दिए ।


गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गरेकी थिइन् ।

राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् । 

सत्तागठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन् ।


Author

थप समाचार
x