देउवाको दूत बनेर खुमलटार पुगेका विमलेन्द्र निधिलाई प्रचण्डले के भने ?
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेका छन् । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर निधि प्रचण्डसँग छलफल गर्न खुमलटार गएका हुन् ।
खुमलटारमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल चलिरहँदा निधि पुगेका थिए । प्रचण्डसँग छलफलको क्रममा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद लिने निधिले बताएका थिए । निधिको कुरा सुनेपछि कांग्रेसलाई प्रधानमन्त्री दिन नसकिने बताएको प्रचण्ड निकट एक नेताले बताए ।
प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसबाट बनाउन खोजे माओवादी गठबन्धनमा नरहने निधिलाई बताएको ती नेताले जानकारी दिए । 'गठबन्धन गरेर कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउन आवश्यक छैन' प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया