दल

देउवा र प्रचण्डको बैठकमा माधव नेपालको इन्ट्री

इकागज |
पुस १०, २०७९ आइतबार १२:१३ बजे

काठमाडौँ- सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ ।

आइतबार बिहान देउवा र प्रचण्डको 'वान टू वान' वार्तालगत्तै नेपाल पनि बैठकमा गएका छन् ।


को पहिला प्रधानमन्त्री हुने भन्ने सहमति हुन नसकेपछि देउवा, प्रचण्ड र नेपाल सहमति खोज्‍न छलफलमा जुटेका हुन् ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् । 

र, यो पनि


Author

थप समाचार
x