प्रचण्डपछि बैठकस्थलबाट माधव र झलनाथ पनि बाहिरिए
काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकस्थल बालुवाटारबाट नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि बाहिरिएका छन् । बैठकस्थलबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठेर हिँडेपछि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकबाट बाहिरिएका हुन् ।
बैठकमा कुनै सहमति नभएपछि प्रचण्ड बाहिरिएको उनका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।
को पहिला प्रधानमन्त्री हुने भन्ने सहमति हुन नसकेपछि देउवा, प्रचण्ड र नेपाल सहमति खोज्न छलफलमा जुटेका थिए ।
नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया