सत्ता गठबन्धनको निर्णायक बैठकमा के भनेर बाहिरिएका थिए प्रचण्ड ?
फाइल तस्बिर
काठमाडौँ- बालुवाटारमा त्रिपक्षिय छलफलमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकस्थलबाट बाहिरिएका छन् । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग छलफल गर्न बालुवाटार पुगेका प्रचण्ड केहीबेर अघि बैठकस्थलबाट बाहिरिएका हुन् ।
बैठक चलिरहेको बेला कुनै सहमति नभएपछि प्रचण्ड बाहिरिएको उनका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।
बैठकमा प्रचण्डले गठबन्धनको टुटेको बताएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार बैठकबाट प्रचण्ड निस्कनुअघि भनेका थिए 'अब गठबन्धन टुट्यो । हामी छलफलमा बस्दैनौँ । प्रचण्ड बाहिरिनुभयो ।'
गठबन्धन कायम गर्न नसकेको भन्दै पौडेलले भने ' सरकार हाम्रो हातबाट बाहिर गयो ।'
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया