दल

एकीकृत समाजवादी एमाले गठबन्धनमा सहभागी नहुने

इकागज |
पुस १०, २०७९ आइतबार १५:४४ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) एमाले गठबन्धनमा सहभागी नहुने भएको छ । एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफूहरू एमाले गठबन्धनको सरकारमा सहभागी नहुने बताएका हुन् ।

‘पहिलेकै गठबन्धन कायम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । शुक्रबारको बैठकमा पनि यही निर्णय भएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘हामी एमाले गठबन्धनमा सहभागी हुँदैनाैं ।’


एमाले गठबन्धनको नेतृत्वमा सरकार गठनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पाँच दलको बैठक चलिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, रास्वपा र राप्रपा सहभागी छन् । 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले १० सिट जितेको थियो ।
 


Author

थप समाचार
x