दल

अपरिपक्व निर्णयले कांग्रेसले सबै पद गुमायो

इकागज |
पुस १०, २०७९ आइतबार १७:५९ बजे

फाइल फोटो

काठमाडौँ - कांग्रेसको अपरिपक्क निर्णयले सरकार बनाउने अवसर गुमाएको छ । प्रतिनिधि सभाको निर्वाचनबाट पहिलो दल बने पनि कांग्रेस सभापति शेर बहादुर देउवा कुनै पनि हालतमा आफू प्रधानमन्त्री हुने ध्याउन्नमा लागे पछि सत्ता गठबन्धन टुटेको हो । देउवाको कारण नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहकार्यकालागि नेकपा एमालेसँग सहकार्य गर्न पुगेको हो ।

पार्टी सभापति देउवाले निर्वाचित दुई महामन्त्रीलाई सत्ता गठबन्धन र अन्य बैठकमा नराखी छलफल गर्दै आएका थिए । निर्वाचन हारेका कृष्ण प्रसाद सिटौला र जुनियर नेताहरुलाई छलफलमा राखे पनि महामन्त्री गगन कुमार थापा, विश्व  प्रकाश शर्मा, नेता शेखर कोइरालालाई बाहिर राखेर छलफल गर्दै आफू प्रधानमन्त्री हुने ध्याउन्नमा थिए । 


माओवादीले राष्टपति अफर गर्दा पनि दुवै पद लिन खोजे पछि सबै अवसर कांग्रेसले गुमाएको हो । देउवाले संसदीय दलको निर्वाचन बालुवाटरमा सांसद भेला गर्दा समेत दुई महामन्त्रीलाई खबर गरेनन् । आँफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भए पछि गगन र विश्वप्रकाशलाई उपेक्षा गर्दै आएका थिए ।

महामन्त्री थापा र शर्माले नेकपा माओवादीले जुनसुकै बेला एमालेसँग सहकार्य गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।


Author

थप समाचार
x