गुरुराजले मागे सभापति र संसदीय दलबाट देउवाको राजीनामा
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । घिमिरेले पार्टी सभापति र संसदीय दलको नेताबाट देउवाको राजीनामा मागेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै घिमिरेले पार्टीमा हिजो गठबन्धन नगरौं भन्दा भन्दै किन गरियो र आज किन जोगाउन सकिएन भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, 'हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।'
उनले राजीनामा नदिए चाँडै बिशेष महाधिवेशन बोलाइने बताएका छन् ।
ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन?यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।
— Gururaj Ghimire (@ghimire_gururaj) December 25, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया