प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि सिके राउतले भने - सत्ताको पहिलो क्लासमै धेरै ज्ञान र वितृष्णा भयो
काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्ताको पहिलो दिन नै धेरै ज्ञान र वितृष्णा लागेको बताएका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउने समर्थन गरेपछि राउतले यस्तो बताएका हुन् ।
राउतले भनेका छन्, 'सत्ताको पहिलो क्लास आज - पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।'
उनले जनताको अपेक्षा आफूसँग नभएको भए राजनीतिबाटै सन्यास लिने पनि बताएका छन् । 'तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे मेरो नियति', उनले लेखेका छन् ।
सत्ताको पहिलो क्लास आज - पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
— Dr. CK Raut (@drckraut) December 25, 2022
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला।
तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति। pic.twitter.com/roMKEvSJ73
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया