दल

राप्रपा सरकारमा नजाने

इकागज |
पुस ११, २०७९ सोमबार १२:२९ बजे

फाइल तस्बिर

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरकारमा नजाने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका हुन् ।

तर सरकारलाई समर्थन भने रहने उनको भनाइ छ । 'राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ,' उनले भने । 


नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएका छन् ।


Author

थप समाचार
x