दल

प्रचण्डको सत्तारोहण अराजनीतिक र अराजकताको पराकाष्ठा : डा. शेखर

इकागज |
पुस ११, २०७९ सोमबार १८:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्तारोहण अपेक्षित नभएको बताएका छन् । निर्वाचनबाट तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सत्तारोहण अपेक्षित नभएको उनले बताएका हुन् ।

उनले संसदीय व्यवस्थामा अहिलेको नेपालको जस्तो परिस्थिति असम्भव भने नभएको बताए । उनले भने, 'संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।'


बदलिदो राजनितिक परिस्थितिबारे आफ्नो धारणा विज्ञप्तिमार्फत राख्दै शेखरले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन प्रश्न गम्भीर रहेको बताए ।


Author

थप समाचार
x