धर्मेन्द्र बास्तोला भन्छन्- आत्मालोचना गरे विप्लवसँग सहकार्य हुन सक्छ
फाइल तस्बिर
काठमाडौँ - नेकपा बहुमतका संयोगजक धर्मेन्द्र बास्तोलाले आत्मालोचना गरे विप्लवसँग सहकार्य हुन सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बास्तोलाले संसदीय राजनीतिमा गएकै कारण विप्लवलाई कारबाही गरी छुट्टिएको भन्दै आत्मआलोचना गरे सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
तर अहिलेको अवस्थामा विप्लवले आत्मालोचना गर्ने नदेखिएको उनको भनाइ छ । त्यस्तै बास्तोलाले हालैसम्पन्न निर्वाचनबाट संसदीय व्यवस्थामाथि जनताको असन्तुष्टि देखिएको बताए ।
उनले नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार अन्त्य गर्न जननिर्वाचित न्यायलयको व्यवस्थालाई अंगाल्नुपर्ने उनको भनाइ छ ।
बास्तोलाले प्रचण्ड प्रधानमन्त्री बनेकोमा आफूहरूको कुनै आक्रोश नरहेको तर संसदीय राजनीतिक प्रणालीबाट समाजवाद नआउने विषय प्रमुख भएको बताए । दलाल पूजीवादी व्यवस्था रहेसम्म जनताको हित नहुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया