प्रधानमन्त्रीमा समर्थन गर्न प्रचण्डको प्रस्तावमा नेपालले भने- सहयोग नगर्नुपर्ने कुनै कारण छैन
फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बिहान ललितपुरको हात्तिवनमा भएको छलफलमा प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न प्रचण्डले प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावपछि अध्यक्ष नेपालले तपाईंलाई सहयोग नगर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए । 'त्यसो हो भने ढिला नगरी सरकारमा सहभागी हुनुस् भन्नु भयो' छलफलपछि एक नेताले इकागजसँग भने 'पार्टी बैठक राखेर छलफलपछि तपाईंलाई खबर गर्छु भन्नुभयो अध्यक्ष नेपालले ।' ती नेताका अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई समाजवादीले सघाउने ग्रिन सिग्नल दिएका छन् ।
बैठकमा देउवासँग कुरा नमिलेर नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्न जाँदा हतार भएकाले अध्यक्ष नेपालसँग कुरा हुन नपाएको बताएका थिए । बैठकको सुरुमै नेपालले यत्रो निर्णय लिँदा छलफल नगरेर आफ्नो चित्त दुखेको बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया