माधव नेपालसँग छलफल गरेपछि प्रचण्डले बोलाए ओलीलाई खुमलटार
तस्बिर : प्रचण्डको सचिवालय
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेका हुन् । बैठकमा माधव नेपाल भने सहभागी नभएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले इकागजलाई जानकारी दिए ।
प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आज बिहान मात्रै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।
छलफलमा प्रचण्डले प्रधानमन्त्रीमा सघाउन गरेको प्रस्तावमा अध्यक्ष नेपालले ग्रिन सिग्नल दिएपछि ओलीसँग त्यसबारे पनि छलफल हुने बताइएको छ । समाजवादीलाई पनि सरकारमा लैजानेबारे प्रचण्ड र ओलीबीच छलफल हुने प्रचण्ड निकट एक नेताले बताए ।
बुधबार बिहान ललितपुरको हात्तिवनमा भएको छलफलमा प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न प्रचण्डले प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावपछि अध्यक्ष नेपालले तपाईंलाई सहयोग नगर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए । 'त्यसो हो भने ढिला नगरी सरकारमा सहभागी हुनुस् भन्नु भयो' छलफलपछि एक नेताले इकागजसँग भने 'पार्टी बैठक राखेर छलफलपछि तपाईंलाई खबर गर्छु भन्नुभयो अध्यक्ष नेपालले ।'
बैठकमा देउवासँग कुरा नमिलेर नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट्न जाँदा हतार भएकाले अध्यक्ष नेपालसँग कुरा हुन नपाएको बताएका थिए । बैठकको सुरुमै नेपालले यत्रो निर्णय लिँदा छलफल नगरेर आफ्नो चित्त दुखेको बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया