नेमकिपा सरकारमा जाँंदैन, प्रखर प्रतिपक्षमा रहन्छ : सुवाल
फाइल तस्बिर
भक्तपुर - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव तथा सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् । नेमकिपाबाट संघीय संसद्मा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।
संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।
निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरूले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया