दल

शक्ति बाँडफाँटबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्‍दै

इकागज |
पुस १४, २०७९ बिहीबार ९:१३ बजे

फाइल तस्बिर

काठमाडौं - सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्दै छ । शक्ति बाँडफाँट र सरकारको साझा रणनीति तय गर्न गठबन्धनको बैठक बस्न लागेको हो । 

सरकार बिस्तार र शक्ति बाँडफाँडबारे बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समेत छलफल भएको थियो । 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । हालसम्म एमालेबाट ४, माओवादी,  राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट समान एक/एक जना मन्त्री भएका छन् ।


Author

थप समाचार
x