प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा
काठमाडौं- प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
प्रभु शाहका प्रेस संयोजक निवेश यावदले पार्टी गठनका लागि एक महिनादेखि भइरहेको बैठकले सार्थकता पाएको बताए । ‘पार्टी गठनबारे एक महिनादेखि भइरहेको छलफलले आज सार्थकता पाएको छ,’ संयोजक यादवले भने, ‘फलःस्वरूप प्रभु यादवको अध्यक्षतामा पार्टी गठन भयो ।’
नेकपा खारेजसँगै एमाले र माओवादी आ-आफ्नो अस्तित्वमा फर्किँदा उनी एमालेमै रहेका थिए भने गत ४ मंसिरका सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया