दल

राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लाग्योः कमल थापा

इकागज |
पुस १४, २०७९ बिहीबार १८:२८ बजे

फाइल फोटो

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लागेको बताएका छन् । आज ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । 

थापाले आफू परराष्ट्रमन्त्री हुँदा पहिलोपटक ७५ जिल्लाबाट राहदानी पाउन सकिने र दोस्रोपटक प्राथमिकताको आधारमा ३ घण्टादेखि बढीमा ३ दिन भित्र राहदानी पाउने व्यवस्था गरेको बताए । 


उनले लेखेका छन्,'२०५४सालमा पहिलोपटक परराष्ट्रमन्त्री हॅुदा ७५ जिल्लाबाट राहदानी पाउन सकिने र २०७२ सालमा दोस्रोपटक परराष्ट्रमन्त्री हॅुदा प्राथमिकताको आधारमा ३ घण्टादेखि बढिमा ३ दिन भित्र राहदानी पाउने व्यवस्था गरेको सम्झना हुन्छ। गरे नहुने होईन ।'

पछिल्लो समय राहदानीका लागि घन्टौं लाइन बस्नुपरेको गुनासो बढेको छ । 


Author

थप समाचार
x