प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहानै बालुवाटार पुगे ओली
काठमाडौं - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रचण्डलाई भेट्न ओली शुक्रबार बिहानै बालुवाटार पुगेका हुन् । अहिले दुईजनाबीच छलफल चलिरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको सचिवालय स्रोतले जनाएको छ ।
भागबन्डलगायत न्यूनतम साझा कार्यक्रमका विषयमा बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया