फरक विचारबीच पनि मेलमिलाप आवश्यक : सहमहामन्त्री राठौर
काठमाडौं- नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले राष्ट्रिय हित र स्वार्थका लागि फरक-फरक विचारबीच पनि मेलमिलाप आवश्यक रहेको बताएका छन् ।
मेलमिलाप दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै सहमहामन्त्री राठौरले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवर्द्धन एवं विकास र समुन्नतिका लागि राष्ट्रिय शक्तिबीच मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
वीपी कोइराला पञ्चायतको कठोर समयमा आफूविरुद्ध विभिन्न ८ बढी मुद्दा लगाएको राजाविरुद्ध मेलमिलापको नीति लिएर २०३३ पौष १६ मा निर्वाचन त्यागेर स्वदेश फर्किएका थिए ।
निर्वाचनमा ठूलो दल भए पनि सरकारमा सहभागी हुन नसक्नु प्राविधिक विषय भएको भन्दै सहमहामन्त्री राठौरले ऐतिहासिक र ठूलो दलका रूपमा काँग्रेस राष्ट्रहितलाई केन्द्रविन्दुमा राखेर सरकारका राम्रा कामको समर्थन र हितप्रतिकूलका क्रियाकलापमा निरन्तर खबरदारी गरिरहने बताएका छन् ।
‘मेलमिलाप दिवसकै अवसरमा, नेपाली काँग्रेसको नेतृत्वमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गरेर शान्तिपूर्ण रूपमा अभिमत प्रकट गर्नु भएकोमा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई आभारपूर्वक सम्झन चाहन्छु,’ सहमहामन्त्री राठौरले सामाजिक सञ्जालमार्फत् सन्देशमा उल्लेख गरेका छन् ।
मओवादीसहितका ५ दलसँग गठबन्धन गरेर निर्वाचनमा गएको काँग्रेस निर्वाचनबाट ठूलो दल भए पनि माओवादीले ६ दलसँग मिलेर सरकार बनाएपछि प्रतिपक्षमा पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया