दल

वामपन्थीबीच एकताका लागि सक्रिय छौं : महेश बस्नेत

इकागज |
पुस १६, २०७९ शनिबार १६:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीबीच एकताका लागि सक्रिय भएको बताएका छन् ।

शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै  अब आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बताएका हुन् ।


बस्नेतले पुराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे । जनताको पुराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनको उनले बताए ।

बस्नेतले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने सुझाव दिए ।​

उनले नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठूलो दल भएकाले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x