विवेकशील साझाले माघमा महाधिवेशन गर्ने
काठमाडौं- विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण समेत गरेको छ ।
पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निसर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया