दल

नेकपा एस सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लाग्ने

इकागज |
पुस १७, २०७९ आइतबार १९:५९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन् । 

आइतबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले भोलि (सोमबार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताए । 


उनले पोलिटब्युरो बैठकबाट आएका सुझावहरूका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताए । उनले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताए । 

उनले भने, ‘पार्टीको स्थायी कमिटीको बैठकले भाेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरूमा थप धारणाहरू बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’

उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र विस्तारका बारेमा छलफल गरेको पनि बताए ।  


Author

थप समाचार
x