झलनाथ खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुन शर्त अघि सारेका छन् । सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् ।
तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।
आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरूपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए ।
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया