दल

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

इकागज |
पुस १८, २०७९ सोमबार १७:४९ बजे

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।

बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव आयाे भने सोच्न सकिने निष्कर्ष बैठकले निकालेको छ ।


एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताए पनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।

सरकारमा सहभागी हुने/नहुने, वाम एकतालगायत विषयमा टुंगाे लगाउन आज (साेमबार)काे पोलिटब्युरो बैठक सकिएकाे छ । सबै सदस्यहरूले आजकाे बैठकमा विचार राख्न नभ्याएपछि भाेलि पनि बैठक बस्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।


Author

थप समाचार
x