दल

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

इकागज |
पुस १९, २०७९ मंगलबार ९:१ बजे

काठमाडौँ- रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । 

उनले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा  सिट सङ्ख्या ७९ पुगेको छ ।



Author

थप समाचार
x