पुर्ण समानुपातिक निर्वाचनको माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई अनेरास्ववियूले बुझायो ज्ञापनपत्र
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सवै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने अनेरास्ववियूले माग राखेको छ ।
'स्ववियु नहुँदा विश्वविद्यालयमा आवधिक निर्वाचन नहुँदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वविद्यालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परीक्षाप्रणाली अव्यवस्थित भएकाले श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेका छन्' प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा लेखिएको छ ।
समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरी निर्वाचन प्रणाली कस्तो हुनुपर्ने धारणा बनाउने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया