संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय
महेन्द्रनगर (धनुषा)- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ ।
सांसद एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलका अनुसार नौ जना सांसद रहेको लोसपाको मधेस प्रदेशसभामा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जानेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया