प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट, के भयो कुराकानी ?
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरूले भेटवार्ता गरेका हुन् ।
भेटपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको बताए । उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको प्रतिक्रिया दिए ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया